आज: 

लकडाउन फेरी लम्बिने संकेत

ओके खबर २३ बैशाख २०७७, मंगलवार १९:२१ मा प्रकाशित ( साल अघि) ३९२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि गठित उच्चस्तरीय समितिको बैठकले लकडाउन कायम राख्न सरकारलाई सिफारिस गरेको छ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा अहिले जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने भन्नेबारे बुधबार निर्णय गरिने एक मन्त्रिले जानकारी दिए ।

बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले सरकारले अहिले लिएको बाटो नै ठीक भएको निष्कर्ष निकालिएको बताए । साथै २५ गतेपछि लकडाउन के हुन्छ भन्ने भोलि मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले बताए ।


सम्बन्धित खबरहरु