नेपालगञ्जमा मात्रै २३ संक्रमित, आजदेखि निषेधित क्षेत्र घोषित

ओकेखबर संवाददाता २३ बैशाख २०७७, मंगलवार ०९:०२ मा प्रकाशित ( साल अघि) ८१६ पाठक संख्या

काठमाडौं । नेपालगञ्जमा कोरोना संक्रमित थपिदै गएपछि नेपालगञ्ज उपमहानगरपालिकालाई आजदेखि तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सोमबार बसेको सर्वपक्षीय बैठकले आज बिहान ११ बजेदेखि आउँदो बिहीबार मध्यराति १२ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

उनले सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब सङ्कलन गर्ने र कन्ट्याक्ट ट्रेसिङका जनशक्तिबाहेक अरुलाई आवागमनमा पूर्णरुपमा रोक लगाइने बताए ।

बैठकले आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा बाटो छेक्न र राजमार्ग रोक्न नपाइने, सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने, सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने सामग्री प्रकाशन, प्रसारण र पोस्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

नेपालगञ्जमा मात्रै हालसम्म संक्रमित हुनेको संख्या २३ पुगेको छ ।

 


सम्बन्धित खबरहरु