नेपालगञ्जमा फेरी थपिए सात संक्रमित, कोरोना संक्रमितको सख्या ८२ पुग्यो
ओकेखबर संवाददाता
२३ बैशाख २०७७, मंगलवार ०८:१२ मा प्रकाशित (४ साल अघि)
७३० पाठक संख्या
काठमाडौं । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।