यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।
ती व्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
*यसअघि कोरोना संक्रमितको संख्या ८४ पुगेको समाचार मन्रालयका एक अधिकारीलेे दिएको सुचनामा आधारित भएर लेखिएको र उक्त सुचना गलत हुन पुगेकोमा क्षमा माग्दै समाचार हटाइएको कुरा जानकारी गराउँछौंं ।