आज:
काठमाडौं । आइतबार १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६९ पुगेको छ । नेपालगञ्ज ९ र वीरगन्जमा एक गरेर १० जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।
वीरगञ्ज नगरपालिकाका महानगरपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। अन्य ९ जना नेपालगञ्जका हुन्। नेपालगञ्जमा कोरोना पुष्टि हुनेमा पाँच पुरुष र चार महिला छन्।
अहिलेसम्म संक्रमितमध्ये १६ जना डिस्चार्ज भएका छन् । अरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।