अनलाइन अध्ययनका लागि इन्टरनेट निःशुल्क गराउन नेविसंघको माग

ओकेखबर संवाददाता २१ बैशाख २०७७, आईतवार १६:२८ मा प्रकाशित ( साल अघि) ६१९ पाठक संख्या

काठमाडौं । नेपाल विद्यार्थी संघले लकडाउनका बेला अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकम र दुरसंचार प्राधिकरणसँग माग गरेको छ ।

लकडाउनमा विद्यार्थीहरुको पठनपाठन बन्द भएको र विश्वविद्यालय एवं विद्यालयहरुले अनलाइन कक्षा सुरु गरेको अवस्थामा विद्यार्थीलाई इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको महामन्त्री उर्मिला थपलियाले जानकारी दिइन् ।

सामाजिक उत्तरदायिन्व अन्तर्गतको बजेट मार्फत निःशुल्क इन्टरनेट उपलब्ध गराउन आफुहरुले माग गरेको महामन्त्री थपलियाले बताइन् ।

नेपाल विद्यार्थी संघका महामन्त्रीहरु दिपक भट्टराई, उर्मिला थपलिया, बलदेव तिमिल्सेना र युवराज पाण्डेले टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यालय तथा क्यमम्पसहरुसँग विवरण लिएर निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेका हुन् ।


सम्बन्धित खबरहरु