भारतमा कोरोनाबाट एकैदिन १ सय जनाको मृत्यु

ओकेखबर संवाददाता २१ बैशाख २०७७, आईतवार ०७:३७ मा प्रकाशित ( साल अघि) ५३६ पाठक संख्या

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एकै दिन थप १ सय जनाको मृत्यु भएको छ ।

गएको २४ घण्टामा कोरोनाका कारण १ सय जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३२३ पुगेको छ । भारतमा संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ ।

भारतमा संक्रमितमध्ये १० हजार ८१९ जना उपचारपछि निको भएका छन् । २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।


सम्बन्धित खबरहरु