ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार शनिबार बिहान ५ बजे आगो नियन्त्रणमा आएको छ।
शुक्रबार बेलुका करिब १० बजेदेखि आगलागी सुरु भएको आगलागीबाट १२ वटा घर जलेका छन् ।
प्रहरीका अनुसार फुङलिङ नगरपालिका र फिदिम नगरपालिकाका दमकलले आगो नियन्त्रणमा लिएको छ ।