आज: 

कोरोनाबाट ज्यान जानेको संख्या २ लाख ४० हजार नजिक

ओके खबर २० बैशाख २०७७, शनिबार ०७:१४ मा प्रकाशित ( साल अघि) ३५७ पाठक संख्या

एजेन्सी । चीनको वुहान शहरबाट फैलिएको विश्व महामारी कोरोना भाईरसको महामारीका कारण विश्वभर हालसम्म २ लाख ३९  हजार ४४८ जनाको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ३३ लाख ९८ हजार ४७३ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये १० लाख ८० हजार १०१ जना निको भएर घर फर्किएका छन् । भने ५१ हजार ३५५ जनाको अवस्था गम्भिर छ ।

ओल्र्डोमिटर्रसका अनुसार पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ११ लाख ३१ हजारभन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने ६५ हजार ७५३ ले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ६१९ जनाको मृत्यु भएको छ भने ९४ हजार ५३७ जना संक्रमित भएका छन् ।


सम्बन्धित खबरहरु