आज जगत जननी सीता माता प्रकट भएको दिन

ओकेखबर संवाददाता २० बैशाख २०७७, शनिबार ०५:०० मा प्रकाशित ( साल अघि) १२६९ पाठक संख्या

काठमाडौं । आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको २० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको२ तारिख, शनिवार हो ।

आज सीताजयन्ती पर्व परेको छ । मिथिलाका विदेहराजकी पुत्रीका रूपमा जगत जननी सीता माता प्रकट हुनुभएको दिन वैशाख शुक्ल नवमी हो ।
विदेहराज खेतमा हलोजोत्दैगर्दा हलोको सीयोबाट भगवतीको प्रादुर्भाव भएका कारण सीता नाम रहनगएको हो ।

यसैगरी कसैको देहविना नै जन्मनुभएका कारण वैदेही पनि भनिन्छ । यसैगरी विदेहराज लाई नै जनक पनि भनिन्थ्यो । मिथिपछि जतिपनि मिथिलामा राजा भए सबै जनककका नामले पुकारिन्थे । जनक व्यक्ति नभएर पद हो । राजा जनककी पुत्री भएकीले वहाँनको नाम पनि जानकी रहनगएको हो ।

भगवान् श्रीरामको चैत्रशुक्लनवमीका दिन जन्म भएको थियो भने माता जानकीको वैशाखशुक्ल नवमीमा । यसरी सीतारामभगवान्कै नवमी तिथिमा जन्म भएकाले यस तिथि वा दिनलाई भव्य उत्सवका रूपमा मनाउने गरिन्छ ।

सीता माता साक्षात् लक्ष्मी हुनुहुन्छ । यसैले आजको दिन सीताराम भगवान्को लीला चरित्रगानका साथै सीता माताको उपासना विशेष लाभदायी रहने गर्दछ ।


सम्बन्धित खबरहरु