लकडाउनको मौका छोप्दै धमाधम चुरे उत्खनन

ओकेखबर संवाददाता १९ बैशाख २०७७, शुक्रबार २२:३९ मा प्रकाशित ( साल अघि) ५०८ पाठक संख्या

बारा । लकडाउनको मौका छोपेर निर्माणाधिन सडकमा बिछ्याउँने प्रयोजनको लागि बाराको निजगढ नगरपालिका १० लालस्थित चुरे क्षेत्रमा पर्ने लाल खोलाबाट गिट्टी बालुवा उत्खनन तिब्र पारिएको छ ।
प्रस्तावित तामागढी–अमलेखगंज सडक खण्ड अन्तरर्गत तामागढीबाट लाल सम्मको सडक निमार्णको लागि नेपालगंजको भैरव—नारायण—ज्ञानेश निर्माण जेभि कम्पनीले खहरेमा एक्साभेटर प्रयोग गरेर ३ दिनदेखि उत्खनन गर्दै आएको हो ।

सडक कार्यालयसँग ठेक्का सम्झौता हुँनु अगाबै कम्पनीले लकडाउनको मौका पारेर अबैध उत्खननबाट निर्माण कार्य शुरु गरेको हो । डिभिजन सडक कार्यालय हेटौंडाबाट कम्पनीको नाममा ठेक्का स्वीकृत भैसकेको भए पनि अझै सम्म सम्झौता भने भएको छैन ।

निजगढ नगरपालिका , वडा कार्यालयसँगको मौखिक सहमतिमा नदी जन्य वस्तु उत्खनन गरिएको निर्माण कम्पनीका ठेकेदार शिव प्रसाद चौलागाईले बताए । कम्पनीले मंगलबार साँझ देखि २ वडा एक्साभेटर, २ लोडर र ५ वटा टिपरको प्रयोगबाट उत्खनन गर्दै आएको छ ।

त्यसैगरी सडक निर्माण कार्यमा २ डोजर, १ रोलर र थप २ स्काभेटर पनि प्रयोगमा छन् । निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले चुरेको सम्वेदनशिलतालाई मध्यनजर गर्दै आई रिर्पोटसमेत स्वीकृत नभएको सुईकार गरेता पनि आफ्नैं नगरभित्र भईरहेको उत्खनन बारे जानकारी नभएको भनेर झुटो बिवरण दिएका छन् ।

निजगढ नगरपालिका, वडा कार्यालयसँगको मौखिक सहमतिमा नदी जन्य वस्तु उत्खनन र खोलामा भईरहेको उत्खनन बारे आफुलाई कुँनै जानकारी नभएको बताएका छन् । तर, लकडाउनका कारण नगरका अन्य विकास निर्मााणका कार्य समेत ठप्प बनेको अवस्थामा नगरपालिका कै सहमतिमा उत्खनन गरिएको हुँन सक्ने स्थानीयले आशंका गरेका छन् ।

निजगढ स्थित पूर्व—पश्चिम राजमार्ग देखि रतनपुरीको लाल सम्म ५.५ किलोमिटर सडक निर्माणको लागि कम्पनीले गत बैशाख १३ गते ५ करोड ५८ लाख
९८ हजार २ सय ३० रुपैयाँमा ठेक्का पाएको थियो ।तर, ठेक्काको सम्झौता भने भई नसकेको सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख सुमन योगेशले जनाएका छन् ।


सम्बन्धित खबरहरु