आज:
काठमाडौं । नेपालमा थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा आज नेपालगञ्जका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज गरिएको परीक्षणमा एकजना थपिएसँगै संक्रमितको ५८ जना पुगेको छ ।
आज थप भएका संक्रमितका बिषयमा मन्त्रालयले केहीबेरमा जानकारी गराउने बताएको छ ।
यस समाचारमा नयाँ संक्रमित भेटिएको स्थान नेपालगञ्ज हुनुपर्नेमा नवरपरासी हुन गएकोमा क्षमा प्रार्थी छौ, अहिले सच्चाइएको छ ।