धादिङका चेपाङ समुदायमा दादुरा–रुबेला खोप अभियान

ओकेखबर संवाददाता १९ बैशाख २०७७, शुक्रबार ०९:४८ मा प्रकाशित ( साल अघि) ३३३ पाठक संख्या

धादिङ । चेपाङ समुदायको बसोबास भएको गजुरी गाउँपालिका र बेनिघाटरोराङ गाउँपालिकामा तीन हजार ६०६ ले दादुरा–रुबेला खोप लगाएका छन् । गजुरी गाउँपालिकामा एक हजार ४३० र बेनिघाटरोराङ गाउँपालिकामा दुई हजार २७६ ले दादुरा–रुबेला खोप लगाइएको हो ।

नेपाल सरकारले छ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई यो खोप लगाउने अभियान शुरु गरेको थियो ।

गजुरी र बेनिघाटरोराङमा बन्दाबन्दीको समयमा दादुरा–रुवेलाको महामारी फैलिएर दुई बालबालिकाको मृत्यु भएको र १५० भन्दा बढी बिरामी भएपछि खोप अभियान गाउँपलिकाभर सञ्चालन गरिएको होे ।

गत बुधबारदेखि शुरु खोप कार्यक्रम वैशाख २४ सम्म सञ्चालन हुनेछ । महामारी नियन्त्रण गर्न र आउँदा दिनमा दादुरा–रुवेला लाग्न नदिन खोप लगाइएको हो ।


सम्बन्धित खबरहरु