एकाएक उच्च ज्वरो आएपछि आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु
ओकेखबर संवाददाता
१९ बैशाख २०७७, शुक्रबार ०९:०१ मा प्रकाशित (४ साल अघि)
९७८ पाठक संख्या
डोटी । आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन् ।
एकाएक उच्च ज्वरो आएपछि ती महिलालाई यही वैशाख १५ गते जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।