बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १५७ पुग्यो

ओकेखबर संवाददाता १९ बैशाख २०७७, शुक्रबार ०७:२९ मा प्रकाशित ( साल अघि) ५४० पाठक संख्या

काठमाडौं । बहराइनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुने नेपालीको संख्या १५७ जना पुगेको छ ।

बहराइनमा थप ३१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएपछि बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या १५७ जना पुगेको बहराइनमा रहेको नेपाली दूतावास बहराइनले जनाएको हो।

दुतावासका यसअघि १२६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ। समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्न समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न लागिएको दूतावासले जनाएको छ।


सम्बन्धित खबरहरु