बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि आजबाट उद्दार सुरु गरिएको छ । उनीहरुलाई आज बिहान देखि उद्दार गरिदैछ ।
गत चैत १३ गतेदेखि भारत पिथौरागढका धार्चुलाका पाँच क्वारेन्टाइनमा एक हजार बढि नेपाली एक महिनादेखि बसिरहेका छन् । उनीहरुलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि तीन दिन देखि दार्चुला पुगेका छन्। उद्दारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउने तयारी छ ।