सर्वेन्द्र खनाल, महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध मानव अधिकार आयोगमा उजुरी

ओकेखबर संवाददाता १८ बैशाख २०७७, बिहीबार १७:०५ मा प्रकाशित ( साल अघि) २८३ पाठक संख्या

काठमाडौं । सत्तारुढ दल नेकपा सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफुलाई अपहरण गरेको भन्दै तीनै जनाविरुद्ध बिहीबार आयोगको कार्यालय पुगेर उजुरी दिएका हुन् ।

डा. यादवले सदस्य वस्ती र मोहना अन्सारीलाई भेटेर उजुरी दिनुभएको हो । शक्तिको आडमा आफ्नो ज्यान नै लिनसक्ने जोखिम रहेकोले सांसदहरु र पूर्वआइजीलाई पक्राउ गरी आवश्यक छानबिन र कारबाही गर्न आयोगमा दिइएको उजुरीपत्रमा उल्लेख गरिएको छ ।

काठमाडौंबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजी खनालले यादवलाई वैशाख १० गते काठमाण्डौ ल्याउनुभएको थियो । यसअघि महानगरीय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजे पनि उजुरी लिन अस्वीकार गरेका थिए ।


सम्बन्धित खबरहरु