बरिस्ठ नेता पौडेललाई जापान सरकारको उत्कृष्ट विभुषण

ओकेखबर संवाददाता १८ बैशाख २०७७, बिहीबार १५:४० मा प्रकाशित ( साल अघि) २९४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभुषण प्रदान गरेको छ । जापान सरकारले विहिवार वरिष्ठ नेता पौडेललाई सो विभुषण प्रदान गर्ने निर्णय गरेको नेपाल स्थित जापानी दुतावासले जनाएको छ । जापान सरकारले प्रदान गर्ने ‘ग्रान्ड कोर्डन अफ दी अर्डर अफ दी राइजिङ सन’ अवार्ड पौडेललाई प्रदान गरेको हो ।

पौडेललाई नेपाल जापान बीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सम्मानको सो अवार्ड दिइएको बताइएको छ ।

त्यसैगरि पौडेलले प्रतिनीधिसभाको सभामुख भएका बेलामा जापान नेपाल फ्रन्डशिप पार्लमेन्टेरियन कमिटि गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले सो अवार्ड प्रदान गरेको दुतावासले जनाएको छ ।


सम्बन्धित खबरहरु