धादिङबाट काठमाडौं जाँदै गरेको ट्रकमा युवती बलात्कृत

ओकेखबर संवाददाता १८ बैशाख २०७७, बिहीबार ११:४३ मा प्रकाशित ( साल अघि) १७४१ पाठक संख्या

धादिङ । धादिङबाट काठमाडौं जाँदै गरेको ट्रकमा एक युवती बलात्कृत भएकी छिन् ।
ना ६ ख ५६१५ नम्बरको ट्रकमा काठमाडौँ आउँदै गरेकी २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ट्रकका सहचालक कृष्ण सतारलाई प्रहरीले थानकोटबाट पक्राउ गरेको हो ।

कोरोना भाइरस कोभिड–१९ महामारी नियन्त्रण गर्न सञ्चालन गरेको ‘लकडाउन’ का कारण सडकमा अलपत्र परेकी ती युवतीलाई उद्धार गरी काठमाडौँ पुर्याइदिने भन्दै करणी गरेको पीडितले बताएकी छिन् ।


सम्बन्धित खबरहरु