बलिउड अभिनेता ऋषि कपूरको निधन

ओकेखबर संवाददाता १८ बैशाख २०७७, बिहीबार ११:२० मा प्रकाशित ( साल अघि) ५५७ पाठक संख्या

काठमाडौंं । बलिउड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ । मङ्गलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईको एनएच रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।

ऋषि कपूरका दाजु रणधीर कपूरले उनको निधनको पुष्टि गरेका हुन् ।

ऋषि कपूर दिग्गज अभिनेता राज कपूरका दोस्रो छोरा थिए । ऋषि कपूरका सहोदर हुन्– रणधीर कपूर, ऋतु नन्दा, रिमा जैन र राजीव कपू ।

ऋषि कपूरले आफ्नो फिल्मी करियरको सुरुवात सन् १९७३ मा बबी फिल्मबाट गरेका थिए । यसका साथै उनी बाल कलाकारको रुपमा श्री ४२० र मेरा नाम जोकर मा देखिएका थिए । ऋषि कपूरको अन्तिम फिल्ममा इमरान हाशमीसँग बडी मा काम गरेका थिए ।


सम्बन्धित खबरहरु