अमेरिकामा एकैदिन २ हजार ३९० को मृत्यु, झण्डै १० लाख ६२ हजार संक्रमित

ओकेखबर संवाददाता १८ बैशाख २०७७, बिहीबार ०७:१३ मा प्रकाशित ( साल अघि) ७४७ पाठक संख्या

एजेन्सी । चीनको वुहान शहरबाट फैलिएको विश्व महामारी कोरोना भाइरसको इपिसेन्टर मानिएको अमेरिकामा एकैदिन
२ हजार ३९० जनाले ज्यान गुमाएका छन् ।
बुधबार अमेरिकामा २८ हजार ४२९ जना नयाँ संक्रमित थपिएसंगै त्याँहा संक्रमितको संख्या १० लाख ६४ हजार १९४ पुगेको छ ।

ओल्र्डोमिटर्रसका अनुसार यस महामारीका कारण अमेरिकामा हालसम्म ६१ हजार ६५६ जनाले ज्यान गुमाइसकेका छन् भने १ लाख ४७ हजार ४११ संक्रमित निको भएर घर फर्केका छन् । १८ हजार ६७१ संक्रमितको अवस्था गम्भिर भएको तथ्यांकमा उल्लेख छ ।


सम्बन्धित खबरहरु