आज: 

किम जोङ उनको लोकेसन ट्रयाक, एक भिल्लामा बसिरहेको दाबी

ओके खबर १७ बैशाख २०७७, बुधबार १८:०७ मा प्रकाशित ( साल अघि) ५४५ पाठक संख्या

एजेन्सी । उत्तर कोरियाली सर्वोच्च शासक किम जोङ उनबारे विभिन्न समाचारहरु सार्वजनिक भइरहँदा उनि वोनसानमा एक आरामदायी भिलामा बसिरहेको दाबी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले गरेका छन्।

किमको उक्त तस्बिर स्याटलाइटबाट खिचिएको र लोकेसनसमेत ट्रयाक गरिएको रोयटर्सले जनाएको छ।

उत्तर कोरियाका संस्थापक एवं किमका हजुरबुवा किम इल सुङको जन्मदिन समारोहमा उन अनुपस्थित भएपछि उनको मृत्यु भएको हुनसक्‍ने अनुमान र अड्कलबाजी गरिएको थियो।

यता,उत्तर कोरियाको सरकारी सञ्‍चार माध्‍यम एनके प्रोका अनुसार उनी वोनसान क्षेत्रमा ढुंगामा देखिएको स्याटालाइटबाट खिचिएको तस्बिरमा देखाइएको छ। उनी कोरोना भाइरससँग बच्न उक्त क्षेत्रमा बसिरहेको अनुमान गरिएको छ।

तर दक्षिण कोरिया र अमेरिकाले भने उनी त्‍यहाँ बसेको र कोरोना भाइरसबाट मुक्ति पाउन गरेको भन्‍दै मिडियालाई अफबाह फैलाइएको दाबी गरेका छन्।


सम्बन्धित खबरहरु