नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो

ओकेखबर संवाददाता १७ बैशाख २०७७, बुधबार १४:५९ मा प्रकाशित ( साल अघि) ५३२ पाठक संख्या

काठमाडौं । बुधबार नेपालमा थप ३ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराका २ र पर्साका १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

नारायणी अस्पतालमा उपचाररत रहेका संक्रमित व्यक्तिहरुसँगै भारतको दिल्लीबाट आएका ३१, ४३ र ४६ वर्षिय पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

सिमराको क्वारेन्टाइनमा रहेको उनीहरुको बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । बुधबार तीनजना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । अहिले विराटनगरमा ३१, वीरगञ्जमा ८ तथा धनगढी र भरतपुरमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए ।

१६ जना संक्रमित व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । यसअघि संचारमाध्यममा ४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५८ पुगेको जनाईएको थियो ।


सम्बन्धित खबरहरु