आज: 

थप तीन जनामा देखियो कोरोना, संक्रमित संख्या ५७ पुग्यो

ओके खबर १७ बैशाख २०७७, बुधबार ११:२६ मा प्रकाशित ( साल अघि) ५०५ पाठक संख्या

काठमाडौं । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ।

बारा र पर्साका थप तीनमा कोरोना संक्रमण भेटिएको छ। भारतको नयाँदिल्लीस्थित निजामुद्धिन मर्कजबाट आएका जमातीहरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको पाइएको हो।

नेपालमा हालसम्म १६ जना संक्रमित निको भएका छन्।


सम्बन्धित खबरहरु