कोरोना भाईरसको महामारीले एक वर्ष पर धकेलिएको टोकियो ओलम्पिक गेम्स २०२१ मा पनि गर्न नसकिए प्रतियोगिता नैं रद्द गरिने दावी आयोजक जापानले गरेको हो । टोकियो ओलम्पिक आयोजक कमिटिका अध्यक्ष योशिरो मोरीले सन् २०२१ मा समेत आयोजना गर्न नसकिए प्रतियोगिता रद्द हुने बताएका हुन् ।
विश्व खेलकुदको सर्वोच्च प्रतियोगिता ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । यस अघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना महामारीका कारण एक वर्ष पर धकेलिएको हो ।
२०२१ मा आयोजना हुने भएपनि प्रतियोगिताको नाम ‘टोकियो ओलम्पिक गेम्स २०२०’ नै रहनेछ ।