पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले भ्रष्टाचार विरोधी नियम अनुसार दुई भ्रष्ट रणनीतिबारे सूचित नगरेकोमा दोषी ठहर गर्दै कारवाही गरेको हो । २९ वर्षका अक्मलमाथि प्रान्तीय क्रिकेटमा गएको फेब्रुअरीमै प्रतिबन्ध लागेको थियो ।
अक्मलले १९ वर्षकै उमेरमा सन् २००९ मा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए र डेब्यु खेलमै उनले शतक प्रहार गरेका थिए । उनले पाकिस्तानबाट १६ टेस्ट, १२१ एक दिवसीय तथा ८४ ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलेका छन् ।