कोरोनाबाट ज्यान जानेको संख्या २ लाख ९ हजार नजिक, झण्डै ९ लाख संक्रमित निको

ओकेखबर संवाददाता १५ बैशाख २०७७, सोमबार २२:०२ मा प्रकाशित ( साल अघि) ४७२ पाठक संख्या

एजेन्सी । चीनको वुहान शहरबाट फैलिएको विश्व महामारी कोरोना भाईरस (कोभिड–१९) को संक्रमण चीनमा यतिबेला शुन्य छ तर अन्य मुलुकमा यसको संक्रमण झनै बढ्दै गएको छ ।

यस महामारीका कारण विश्वभर हालसम्म २ लाख ८ हजार ८८३ जनाको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ३० लाख २३ हजार २०५ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ८ लाख ९३ हजार १२० जना निको भएर घर फर्किएका छन् । भने ५७ हजार ४६१ जनाको अवस्था गम्भिर छ ।

ओल्र्डोमिटर्रसका अनुसार पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ९ लाख ९१ हजार ४८८ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने ५५ हजार ९०० ले ज्यान गुमाइसकेका छन् ।

विश्वभर यस महामारीबाट २१३ देशहरु चपेटामा परेका छन् ।

यस्तो छ तथ्यांक :


सम्बन्धित खबरहरु