बाबुरामले प्रधानमन्त्रीको आलोचना गर्दा यसरी झुक्यो रेडियो नेपाल

ओकेखबर संवाददाता १५ बैशाख २०७७, सोमबार २१:१३ मा प्रकाशित ( साल अघि) ४४७ पाठक संख्या

काठमाडौं । रेडियो नेपालको एक अन्तर्वार्तामा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै रेडियो नेपालले माफी मागेको छ ।

सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा  पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले प्रयोग गरेका शब्दलाई लिएर रेडियो प्रसार विकास समितिका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले विज्ञप्ती जारी गरेर क्षमा मागेको हो ।

‘पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ’, विज्ञप्तिमा भनिएको छ ।

कार्कीले आगामी दिनमा अतिथि चयन गर्दा गम्भिर रुपमा सचेत हुने समेत भनेका छन् ।


सम्बन्धित खबरहरु