साइबर अपराधमा मुछिएका पूर्व सचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

ओकेखबर संवाददाता १५ बैशाख २०७७, सोमबार १५:२६ मा प्रकाशित ( साल अघि) ६३३ पाठक संख्या
काठमाडौं । साइबर अपराध गरेको आरोप लागेका पूर्व सचिव भीम उपाध्यायलाई काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले पाँच दिन अघि उपाध्यायलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो। सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गरेको आरोपमा पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका थिए।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले उपाध्यायविरुद्ध पाँच वर्ष कैद सजायको मागदावीसहित अभियोगपत्र दर्ता गरेको थियो।


सम्बन्धित खबरहरु