सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा लकडाउनको समयमा नेपाली कांग्रेसले जुलुस निकालेको छ।
सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व आइजिपी सर्बेन्द्र खनाल सांसद अपहरणमा संलग्न भएको अभियोगमा प्रहरीले उजुरी लिन नमानेको विरोधमा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले आइतबार बेलुका राँके जुलुस निकालेको हो ।
जनता समाजवादी पार्टीका नेताहरुले उजुरी दर्ता गर्न गए पनि प्रहरीले नमानेपछि कांग्रेसले सरकारको बिरोधमा जुलुस निकालेका हुन् । जुलुसमा कांग्रेसका नेताहरुले पूर्व सचिव भीम उपाध्ययको रिहाइको समेत माग राखेको गरेका छन् ।