एसएमएस, अमेरिकन आइडलको वेभसाइट र अमेरिकन आइडलको एप डाउनलोड गरेर भोट गर्न सकिने उनले जनाएका छन् । तीनवटा माध्यमबाट एकजनाले १०/१० पटक गरेर ३० भोट गर्न सकिने दिवेशले बताएका छन् । आफ्नो सांगीतिक यात्रामा सहयोग गरेकोमा आभार व्यक्त गर्दै उनले भोट गर्न नबिर्सिनु आग्रह गरेका छन् ।
एलिमिनेसन राउन्डबाट अघि बढ्न आफूलाई भोटको आवश्यकता रहेको दिवेशले सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेका छन् । भोटले नै २० जना प्रतिस्पर्धीमा शीर्ष १० मा पुर्याउने छ ।