आज: 

बैशाख २५ सम्म लम्बियो लकडाउन

ओके खबर १४ बैशाख २०७७, आईतवार १९:२० मा प्रकाशित ( साल अघि) ४११ पाठक संख्या

सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि १५ वैशाखसम्म लागु हुनेगरि लडाउन लागु भएको थियो ।

तर कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

त्यस्तै सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३१ गतेसम्म अवागमन रोक्ने निर्णय गरेको छ ।  बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो ।


सम्बन्धित खबरहरु