अन्नपूर्णको हिमपहिरोमा बेपत्ता थप दुई जनाको शव फेला

ओकेखबर संवाददाता १४ बैशाख २०७७, आईतवार १८:५५ मा प्रकाशित ( साल अघि) ८९३ पाठक संख्या

कास्की । अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा परी हराएका चार कोरियन र तीन नेपालीमध्ये थप दुई जनाको शव फेला परेको छ ।

गत माघ ३ गते पदयात्राको कास्की अन्नपूर्ण गाँउपालिका–११ स्थित तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा हराएका दुई जनाको शव शनिबार साँझ घटनास्थल नजिक मोदी नदी किनारमा स्थानीयवासी तथा प्रहरीले फेला पारेपछि आइतबार शव ल्याउने प्रक्रिया सुरु को जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा मुचुल्का टोली घटनास्थलमा पुगिसकेको र फेला परेको शव कोरियनको भएको बताइए पनि सनाखत भइनसकेको उनको भनाइ छ ।


सम्बन्धित खबरहरु