माथिका ४ वटा घटनाले के बताउँछन् भने हामीले क्वारेन्टाइनको मापदण्ड बदल्नु जरुरी छ | अन्यथा काठमाडौं, पोखरा, बिराटनगर, बुटवल/ भैरहवा, चितवन, दांग, नेपालगंज, धनगढी, महेन्द्रनगर लगायत जनघनत्व बढी भएका क्षेत्रमा संक्रमण बढ्ने खतरा रहन्छ | यो खतरा न्यूनीकरण गर्नको लागि क्वारेन्टाइनमा यसप्रकार संसोधन गर्नुपर्ने देखिन्छ |
१. क्वारेन्टाइनको अवधि १ महिना गराउने |
२. क्वारेन्टाइन सेन्टरबाट कुनै पनि व्यक्ति २९ दिनमा समेत निस्कन नपाउने |
३. बीचमा भागेमा ठूलो सजायं गर्ने |
४. क्वारेन्टाइन केन्द्रमा स्थानीय प्रहरीको सुरक्षाको ब्यबस्था गर्ने |
५. अबधि पुरा भएपछि परिक्षण गरेर मात्र घर पठाउने |
६. केहि क्वारेन्टाइन केन्द्रमा मलेरिया देखिएको हुँदा मलेरिया, डेंगु, टाइफाइड ज्वरो लगायतबाट बचाउन झुल, सरसफाई तथा सुरक्षित खाना एबम पानीको ब्यबस्था गर्ने |
७. सिमा बाहिरबाट गैह्र कानुनी ढंगबाट प्रवेश गर्नेलाई पक्राउ गरेर फर्काउने तथा शंकास्पद व्यक्तिलाई बोर्डर क्वारेन्टाइन सेन्टर स्थापना गरेर १ महिना राख्ने |
८. क्वारेन्टाइन केन्द्रमा हरेक दिन आएका व्यक्तिलाई छुट्टाछुट्टै समुहमा वा कर्नरमा राख्ने | न्युनतम ६ फिटको दुरीमा वेड राख्ने | उनीहरुलाई परामर्श सेवा दिएर सुरक्षित बिधि अपनाउन प्रोत्साहित गर्ने |