डिभाइडरमा ठोक्किएर प्रहरी जवानको मृत्यु

ओकेखबर संवाददाता १३ बैशाख २०७७, शनिबार १५:३४ मा प्रकाशित ( साल अघि) ७९८ पाठक संख्या

बाँके । नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाईनमा डियूटी सकेर घर जाने क्रममा शनिबार बिहान एक प्रहरी जवानको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । दशगजाको क्वारेन्टाईनमा रहेको डुयुटी सकरे मोटरसाइकलमा घर जानेक्रममा शनिबार बिहान प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजिकै रोड डिभाईडरमा ठोक्किएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखा ईन्चार्ज प्रहरी निरिक्षक हृदयन्द्र सापकोटाले शनिबार बिहान २ : ५५ बजेको समयमा डिभाईडरमा ठोक्किएर प्रहरी जवान सार्कीको मृत्यु भएको जानकारी दिएका छन् । उनी स्थानीय प्रशासनले दशगजामा बनाएको क्वारेन्टाइनमा शुरुदेखि नै डिउटीमा खटिदै आएका थिए ।

उक्त क्वारेन्टाइनमा रहेका सबै शुक्रवार आ-आफ्नो गृह जिल्ला पठाइएपछी उनी बिहान दुई बजे डिउटी सकेपछि कोठामा जान त्यहाँबाट हिडेको र ढाइ बजेतिर राँझामा मोटरसाइकल दुर्घटनामा परेर उनको मृत्यु भएको हो । मृतक सार्की राँझामा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

सुनासान सडकमा एक्कासी कसरी मोटरसाइकल डिभाईडरमा ठोकियो अनि प्रहरी जवानको मृत्यु भयो भन्ने घटनाको अनुसंन्धान भईरहेको निरीक्षक सापकोटाले जानकारी गराएका छन् ।


सम्बन्धित खबरहरु