जेठ २ गतेसम्म अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडानमा प्रतिबन्ध

ओकेखबर संवाददाता १३ बैशाख २०७७, शनिबार १५:१० मा प्रकाशित ( साल अघि) ६१८ पाठक संख्या

काठमाडौं । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निश्कर्ष निकालेको हो ।

‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।
वैशाख १५ गते लकडाउनको अवधि सकिदैछ। यसबारे निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ।


सम्बन्धित खबरहरु