धवलागिरि अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उनि शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्कनुभएको छ ।
लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले जानकारी दिए ।
गत चैत ४ गते बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा नेपाल आएकी सापकोटामा चैत १५ गते कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । २८ दिनको अस्पताल बसाइपछि उहाँ घर फर्किएकी हुन् ।
यससंगै कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ११ पुगेको छ ।