‘अध्यादेश फिर्ता हुँदैमा राजनीतिक नैतिकताको प्रश्न अन्त्य हुँदैन’

ओकेखबर संवाददाता १२ बैशाख २०७७, शुक्रबार २२:११ मा प्रकाशित ( साल अघि) ३१९ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले अध्यादेश फिर्ता हुँदैमा राजनीतिक नैतिकताको प्रश्न अन्त्य नहुने बताएकी छिन् ।

झाँक्रीले सामाजिक संजाल ट्वीटरमार्फत भनेकी छिन्, ‘राजनीतिमा नैतिकता हुन्छ भनेर शिक्षा दिने माधव नेपाल र अनाहकमा ग़लत अर्थ लगाएर राजीनामा दिन बाध्य पारिएका शेर बहादुर तामाङले नैतिकता आफूमा मात्र सिमित गर्नु भएछ, अन्त नैतिकता कतै देखिन्छ ?’

अध्यादेश जारी लगत्तै उनले ट्वीट मार्फत विरोध गर्दै आएकी छिन् ।

सरकारले अध्यादेश खारेज गर्ने निर्णयलगत्तै उनले फेरि अर्को ट्वीट गर्दै अध्यादेश फिर्ता हुँदैमा योसँगै सम्पूर्ण राजनितीक र नैतिक प्रश्न नसकिने बताएकी छिन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजनलाई खुकुलो पार्ने र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। सिफारिस गरेलगत्तै राष्ट्रपतिले अध्यादेश खारेज गरेकी छिन् ।


सम्बन्धित खबरहरु