आज: 

झापामा ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४९ पुग्यो

ओके खबर १२ बैशाख २०७७, शुक्रबार २०:३२ मा प्रकाशित ( साल अघि) ८०५ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । झापाकी ६२ वर्षीय वृद्धमा कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

हालसम्मका ९ हजार ४०८ जनाको कोरोना परीक्षण भएको छ भने  संक्रमितमध्ये १० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।


सम्बन्धित खबरहरु