मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।
उनले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेश खारेज गरेकी हुन् । गत सोमबार राष्ट्रपतिले सोही अध्यादेश सरकारको सिफारिसमा प्रमाणीकरण गरेकी थिइन् ।
तर चौतर्फी विरोधपछि सरकारले शुक्रबार नै अध्यादेश फिर्ता गर्ने निर्णय गरेको थियो ।