दुवै अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

ओकेखबर संवाददाता १२ बैशाख २०७७, शुक्रबार १५:१० मा प्रकाशित ( साल अघि) २८० पाठक संख्या

काठमाडौं । सरकारले जारी गरेको दल विभाजन र संवैधानिक परिषद्‍सम्बन्धि दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले फिर्ता लिने पत्र पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गर्नेछिन् ।

दल फुटाउन सहज हुने र संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको भूमिका अन्त्य गर्ने अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भएको थियो ।

आफ्नै दलभित्रबाट समेत व्यापक असन्तुुुष्टि आएपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिन सहमत भएका थिए ।


सम्बन्धित खबरहरु