यदी कोरोना भाइरसको महामारीलाई द्रुत गतिमा नियन्त्रण गर्न नसके मध्यम आय भएका मुलुकहरुमा भोकमरीको संख्या बढेर २६ करोड ५० लाख पुग्ने पनि जनाएको छ । हाल विश्वभर रहेका ५५ वटा मुलुकमा १३ करोड ५० लाख मानिसहरु मुख्य रूपमा द्वन्द्व, जलवायु परिवर्तनको प्रभाव र आर्थिक संकटका कारण तीब्र भोकरीको सामना गरिरहेका छन् ।
डब्ल्यूएफपीले खासगरी अफ्रिका र मध्यपूर्वका देशहरूमा बसोबास गर्ने नागरिकहरु तीब्र भोकमरीको चपेटामा पर्ने जनाएको हो । द्वन्द्व क्षेत्रमा रहेका उत्तरपूर्वी नाइजेरिया, दक्षिण सुडान, सिरिया, इरान, इराक, लेबनान, यमनलगायत देशहरू भोकमरी तीब्र चपेटाना पर्ने छन् भने ती देशहरुले गम्भीर आर्थिक संकटको सामना गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ ।
डब्ल्यूएफपीका अनुसार कोरोना भाइरस संक्रमणले महामारीको रुपमा लिएसँगै प्रायः सबै देशहरु लकडाउनमा गएको कारण मानिसहरुले आफ्नो जीविका र आय गुमाइरहेका तथा आपूर्ति व्यवस्थामा समस्था उत्पन्न भएकाले खाद्य संकट दोब्बरले सामना गर्नुपर्ने छ । यस्तै, डब्ल्यूएफपीले भोकमरीसँग लडन सन् २०२० मा लागि कम्तिमा १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान पनि गरेको छ । यो रकम महामारीको प्रभावमा निर्भर हुने जनाएको छ । साथै, अहिलेको लागि १.९ अर्ब अमेरिकी डलर आवश्यक रहेको पनि जनाएको छ ।