स्कटल्याण्डमा तीन हप्ताकी शिशुले जितिन् कोरोनालाई

ओकेखबर संवाददाता १२ बैशाख २०७७, शुक्रबार ०७:१५ मा प्रकाशित ( साल अघि) ४३२ पाठक संख्या

काठमाडौं । स्कटल्याण्डमा विश्व महामारी कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएकी तीन हप्ताकी शिशु निको भएकी छिन् ।

गएको चैत १३ गते आठ महिनामै जन्मिएकी शिशु कोरोना सङ्क्रमण हुने स्कटल्याण्डको सबैभन्दा कान्छी सङ्क्रमित भएकी बीबीसीले जनाएको छ । उनी कोरोना जितेर घर फर्किएपछि परिवारका सदस्यले उपचारमा संलग्न डाक्टर तथा नर्सलाई धन्यवाद दिएका छन् ।

डाक्टरहरुले कोरोना भाइरस परीक्षणको लागि आफ्नी तीन महिनाकी शिशुको नाकमा स्वाब राखेको घटनालाई स्कटल्याण्डकी ट्रेसी मेग्वायर अझै सम्झिन्छिन् । यो दृश्य देख्नु आफ्नो लागि नकै कष्टपूर्ण रहेको उनले बताइन् ।

‘मैले पहिलो पटक आफ्नो बच्चाको आँखामा आँसु देखेँ । मैले उसलाई समाएको थिएँ । त्यो अवस्थामा हामी एक अर्कालाई साथ दिइरहेका थियौँ’, उनले भनिन् ।

उनी जन्मेको तीन हप्तामै कोरोना सङ्क्रमित भएकी थिइन् ।


सम्बन्धित खबरहरु