अर्का एक जनालाई पनि कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या ४८ पुग्यो

ओकेखबर संवाददाता १२ बैशाख २०७७, शुक्रबार ०६:१९ मा प्रकाशित ( साल अघि) ८१८ पाठक संख्या

काठमाडौं । नेपालमा बिहीबार नै थप अर्का एक जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

योसहित कोरोना सङ्क्रमितको संख्या ४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमार्फत थप एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले २६ वर्षका एक युवकमा कोरोनाको सङ्क्रमण भएको जानकारी दिए ।

यस अघि बिहीबार नै दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

 


सम्बन्धित खबरहरु