थप दुईमा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ४७ पुग्यो

ओकेखबर संवाददाता ११ बैशाख २०७७, बिहीबार १६:५२ मा प्रकाशित ( साल अघि) ५३८ पाठक संख्या

काठमाडौं । नेपालमा थप दुईजनामा कोरोना भाइरस ( कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७ पुगेको छ ।

उदयपुरबाट ल्याएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा दुई जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ हुनेमा एक जना महिला र एक पुरुष रहेका छन् ।

त्यसैगरी पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना भाइरस संक्रमित निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका कोरोना संक्रमण देखिएर पाटन अस्पतालमा उपचाररत दुई जना नै निको भएको र उनीहरुलाई बिहीबार दिउँसो डिस्चार्ज गरिएको जानकारी दिए ।


सम्बन्धित खबरहरु