अपडेट : कोरोनाबाट ज्यान जानेको संख्या १ लाख ८४ हजार नाघ्यो

ओकेखबर संवाददाता ११ बैशाख २०७७, बिहीबार ०६:३७ मा प्रकाशित ( साल अघि) ३०३ पाठक संख्या

एजेन्सी । विश्व महामारी कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर हालसम्म १ लाख ८४ हजार ०६६ जनाको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर २६ लाख ३५ हजार ७१९ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ७ लाख १७ हजार ४४४ जना निको भएर घर फर्किएका छन् । भने ५६ हजार ६८६ जनाको अवस्था गम्भिर छ ।

ओल्र्डोमिटर्रसका अनुसार पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ८ लाख ४८ हजार ७१७ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने ४७ हजार ६५९ ले ज्यान गुमाइसकेका छन् ।

विश्वभर यस महामारीबाट २१३ देशहरु चपेटामा परेका छन् ।

यस्तो छ तथ्यांक


सम्बन्धित खबरहरु