उदयपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४५ पुग्यो

ओकेखबर संवाददाता १० बैशाख २०७७, बुधबार १७:२६ मा प्रकाशित ( साल अघि) ४७९ पाठक संख्या

उदयपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार हालसम्म नेपालभर ९ हजार ११ जनाको कोरोना परीक्षण गरेको छ ।

बुधबार थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ ।


सम्बन्धित खबरहरु