जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवम् प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार घाइते १५ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेमध्ये एकजनालाई काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको छ भने, बाँकी घाइतेको तामाकोसी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको छ, सामान्य उपचारपछि केहि डिस्चार्ज भइसकेका छन् ।
बसमा बच्चासहित ३९ जना सवार रहेको पौडेलले बताए। उनीहरुलाई अर्को सवारीमार्फत गन्तव्यमा पठाउने तयारी भइरहेको छ। एक्कासी ब्रेक फेल भएर बस सडकको दाहिने साइडको नालामा फसेको हो। तामाकोसी गापा -३ जफेका बस चालक मनबहादुर खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।