लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ’ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय अमृत शाही डिस्चार्ज भएका हुन् ।
दुबईबाट नयाँ दिल्ली र काठमाडौँ हुँदै आफ्नो घर धनगढी पुगेका उनलाई कोरोना सङ्क्रमित भएको पुष्टि भएपछि गएको चैत्र ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको पहिलो सङ्क्रमित व्यक्तिको रुपमा उपचारका लागि नि सो अस्पतालमा भर्ना भएका थिए ।