आज: 

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो : स्वास्थ्य मन्त्रालय

ओके खबर ९ बैशाख २०७७, मंगलवार १९:४८ मा प्रकाशित ( साल अघि) ८९० पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको जनाएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

 

यस्तो छ विज्ञप्ति


सम्बन्धित खबरहरु